विराटनगरमा ‘आर्थिक रिपोर्टिङ : बाह्य क्षेत्र’ विषयमा पत्रकारलाई प्रशिक्षण

विराटनगरमा ‘आर्थिक रिपोर्टिङ : बाह्य क्षेत्र’ विषयमा पत्रकारलाई प्रशिक्षण

विराटनगर । प्रदेश १ लाई कार्यक्षेत्र बनाएर आर्थिक विधामा समाचार लेख्दै आएका पत्रकारको क्षमतावृद्धि गर्ने उद्देश्यले एक दिवसीय ‘आर्थिक रिपोर्टिङ ः बाह्य क्षेत्र’ तालिम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, दि एशिया फाउण्डेशन र साउथ एशिया वाच वन ट्रेड, इकोनोमिक्स एण्ड इन्भारोमेन्ट (सावती) को आयोजनामा बिहीबार तालिम आयोजना भएको हो ।

तालिममा प्रदेश नं १ का ३० जना आर्थिक पत्रकारहरूको सहभागिता रहेको थियो । अर्थविद् एवं सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले तालिम दिनु भएको थियो । कान्तिपुर टेलिभिजन प्रदेश नं. १ का प्रमुख महाप्रसाद खतिवडाले तालिममा सहजिकरण गर्नुभएको थियो ।
बाह्य क्षेत्रमा हुने व्यापार व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने र यसको प्रभाव धेरै वटा क्षेत्रमा पर्ने भएपनि तथ्याङ्गक विश्लेषण गरेर समाचार लेख्दा त्यसले अर्थतन्त्रको यथार्थता बाहिर ल्याउने बताइएको थियो । अर्थतन्त्रका सूचक राम्रो भएको देखाउन सरकारी अधिकारीले वास्तबिक तथ्याङ्क नदिइ परिवत्र्य मुद्रामा दिने भएकाले यसमा पत्रकार चनाखो हुनुपर्ने डा. पाण्डेको तर्क थियो ।

वार्षिक वृद्धि दर, चक्रवृत्ति वार्षिक वृद्धि दर, ट्रेड डिपेन्डेन्सी इन्डेक्स, इम्पोर्ट पेनिट्रेसन इन्डेक्स, मार्जिनल प्रोपेन्सिटी टु इम्पोर्ट, हिर्चम्यान इन्डेक्स, एक्सपोर्ट ड्राइभर्सिफिकेसन इन्डेक्स, हार्मोनाइज्ड सिस्टम, स्टाण्डर इन्टरनेशनल ट्रेड क्लासिफिकेसन, व्यापार सन्तुलन, वस्तु तथा सेवाको सन्तुलन, चालु खाता सन्तुलन, पूँजीगत खाता सन्तुलन, रिजर्वमा सन्तुलन जस्ता प्राविधिक विषयमा आर्थिक पत्रकारलाई प्रशिक्षण दिइएको थियो । बाह्य क्षेत्रको आर्थिक रिपोर्टिङ गर्दा यस्ता प्राविधिक कुराको विश्लेषण गर्न नसक्दा सही कुरा नआउने भन्दै डा. पाण्डेले प्राविधिक विषयको विश्लेषण गरेर समाचार बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालले देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिने उद्योगी व्यवसायिहरुले अहिले धेरै समस्या भोगीरहनु परेको आर्थिक पत्रकारीताले त्यसलाई उजागर गरि सहजीकरणको भूमीका खेले आर्थिक विकासमा टेवा पुग्ने बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश नं १ मुख्यमन्त्रीमा आर्थिक सल्लाहकार राजेन्द्र राउतले आर्थिक पत्रकारीतामा तथ्य, तथ्यांक विश्लेषण गर्दा तथ्यमा आधारित हुनु पर्ने र आर्थिक क्षेत्रको उन्नतिको लागि सबै क्षेत्रको सहकार्य हुन आवश्यक रहेको वताउनु भयो । कार्यक्रमको
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, द एशिया फाउण्डेशन र सावतीको आयोजनामा सम्पन्न आर्थिक रिपोर्टिङ तालिम कार्यक्रमले प्रदेश नं १ का आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गरि सहकार्य लाई अझ बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्